निर्वाचन पूर्वाधार कार्यक्रम ब्यूँताएर अर्थमन्त्रीले सांसदहरुको अपमान गरेको एमालेको
-आस्था न्यूज
जेठ २८, २०८० काठमाडौं ।
पूर्वअर्थमन्त्री विष्णु पौडेलले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ब्यूँताएर अर्थमन्त्रीले सांसदहरुको अपमान गरेको बताएका छन् ।
बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले उपाध्यक्ष पौडेलले जनस्तरबाट भएको आलोचना र विगतको अनुभवका आधारमा आफू अर्थमन्त्री भएको बेला सांसद विकास कोषलाई खारेज गरेको सम्झिाए ।
तर अहिले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा त्यसलाई ब्यूँताएका अर्थमन्त्री प्रत्येक निर्वाचन क्षेत्रका साथै समग्र देशको सन्तुलित विकासका लागि समन्यायिक मापदण्डका आधारमा बजेट विनियोजन गर्ने दायित्वबाट चुकेको बताए ।
सांसदहरुले निर्वाचन क्षेत्रसहित समग्र देशको विकास प्रयासमा निर्णाधिकार खोजेको यथार्थलाई अर्थमन्त्रीले वेवास्ता गरेको भन्दै उनले भने, अर्थमन्त्रीले सांसदहरुको भूमिकालाई ५ करोडमा अवमूल्यान गर्नुभएको छ ।’ अर्थमन्त्रीले ‘मैले त चाहँदैनथे, बाध्य भएँ’ भन्ने सार्वननिक अभिव्यक्ति लिएर सांसदहरुको अपमान गरेको उनले बताए ।