Trending :
 

जघन्य अपराधमा मुद्दा दर्ता भएको भन्दै राप्रपाद्धारा प्रधानमन्त्रीको राजीनामा माग

जेठ २८,२०८०

-आस्था न्यूज

जेठ २८, २०८० काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले युद्ध अपराधजस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा राप्रपाको प्रमुख सचेतक समेत रहेका शाहीले उक्त मुद्दामा जेष्ठ ३० गते अदालतमा हाजिर हुन पत्र काटेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएर अदालतमा हाजिर हुनुपर्ने बताए।
 
युद्ध अपराध देशले नभई व्यक्तिले गरेको तर्क गर्दै शाहीले देशको प्रधानमन्त्री नभइ पुष्पकमल दाहाल भएर अदालत जानुपर्ने बताए । उनले नैतिकताको आधारमा पनि प्रधानमन्त्री पदमा बस्न नमिल्ने उल्लेख गरे। 
 
उनले भने, प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ। नैतिकका आधारमा राजीनामा दिनुपर्छ।  अदालतलाई कामकारबाहीमा सहयोग गर्नुपर्छ।
 
सभामुख देवराज घिमिरेले सो विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए ।