Trending :
 

प्रतिनिधि सभा बैठकमा आज अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

जेठ २९,२०८०

-आस्था न्यूज

जेठ २९, २०८० काठमाडौं ।
प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । 
 
संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. रामशरण महतले आगामी आर्थिक वर्ष २०८०-८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ। 
 
जेठ १५ गते प्रस्तुत आगामी वर्षको बजेटमाथिको छलफल हिजो सकिएपछि आज अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् ।
 
यसअघि हिजो नै अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यक्रम रहेको भए पनि अन्तिममा आएर आजका लागि सारिएको थियो ।