Trending :
 

साताको अन्तिम दिन नेप्सेमा सामान्य वृद्धि

जेठ ३२,२०८०

-आस्था न्यूज

जेठ ३२, २०८० काठमाडौं ।
साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ । दिनभर जसो थपघट भइरहेको बजार अन्तिममा ५ अंकले बढेर २०४२.०७ विन्दुमा रोकियो । बिहीबार सेयर बजारमा ०.२५ प्रतिशतको वृद्धि हुँदा कारोबार रकम भने मंगलबार र बुधबारको तुलनामा घटेको छ । 
 
बिहीबार २७० धितोपत्रको ५२ हजार ८१४ वटा कारोबारबाट ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँको भएको छ ।
 
उपसूचकहरुमा समेत मिश्रित नतिजा आएको छ । आज होटल र पर्यटन उपसूचकका लगानीकर्ताले सबैभन्दा धेरै ४.५६ प्रतिशतले कमाएका छन् । बिहीबार सिटी होटलको कारोबार सकारात्मक सर्किटमा भएको छ । 
 
यसको मूल्य प्रतिकित्ता १७८.७० रुपैयाँ पुगेको छ । अभियान लघुवित्त, वीपीडब्लू लघुवित्त, कालिका लघुवित्त, सोल्टी होटलसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ ।