Trending :
 

नेपाल सहित विश्वका १११ देशमा मंकीपक्स पुष्टि, १४ अस्पतालमा फोकल पर्सन नियुक्त

आषाढ ०३,२०८०

-आस्था न्यूज

असार ३, २०८० काठमाडौं ।
नेपालमा पहिलोपटक मंकीपक्स संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जना डाक्टरलाई फोकल पर्सन तोकेको छ ।
 
स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालका १४ जना डाक्टरलाई मंकीपक्स रोगको उपचारका लागि फोकल पर्सन तोकेको हो ।
 
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार मेची अस्पतालमा डा. केशव दाहाल, कोशी अस्पतालमा डा. सिवी झा, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूचना मरहट्टा, जनकपुर अस्पतालमा डा. रामज्ञान यादव, गण्डकी अस्पतालमा डा. आनन्द नेपाल, वीरगञ्ज अस्पतालमा अतुलेशकुमार चौरसिया, भरतवुर अस्पतालमा डा. शशी हिराचन, वीर अस्पतालमा डा. निरज पराजुली, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. मोनिका काफ्लेलाई तोकिएको छ ।
 
त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा. सर्वेन्द्र झा, लुम्बिनी प्रादेशिक अस्पतालमा डा मणिलाल श्रेष्ठ, भेरी अस्पतालमा डा. बद्री चापागाईं, सुर्खेत अस्पतालमा डा. सुस्मिता प्रधान र सेती अस्पतालमा डा. दिनेश शिवाकोटीलाई फोकल पर्सन तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 
मंकीपक्स भाइरस नेपालमा कसरी भित्रियो भन्ने विषयमा अनुसन्धान भइरहेको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए । नेपालमा पहिलो पटक पुष्टि भएको एमपक्स संक्रमण विश्वका १११ देशमा पुष्टि भइसकेको छ ।