Trending :
 

अहिले मुलुकलाई ठूल्ठूला भ्यूटावर र सिटी हलको आवश्यक्ता छैनः ज्ञानेन्द्रबहादुर कार्की

आषाढ ०५,२०८०

-आस्था न्यूज

असार ५, २०८० काठमाडौं ।
सत्तारुढ नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकका लागि ठूल्ठूला भ्यूटावर र सिटी हलको आवश्यक्ता नभएको बताएका छन्।
 
मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन्।
 
सांसद कार्कीले देशको कुनै एउटा ठाउँमा भएपनि ऐतिहासिक हरित र सांस्कृतिक सहर निर्माण गर्ने काममा ध्यान दिन सरकारलाई सुझाव दिए। उनले गरिब आवास कार्यक्रमलाई झारा टार्ने ढंगले अघि नबढाउन पनि सरकारलाई सचेत गराए।
 
गाउँलाई सुविधासम्पन्न र व्यवस्थित गाउँ निर्माण गर्ने दिशामा सरकारको ध्यान जानुपर्ने सांसद कार्कीको भनाई थियो।