Trending :
 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा निरन्तर उडान सेवा दिन सक्नुपर्नेमा मन्त्री किराँतीको जोड

आषाढ ०६,२०८०

-आस्था न्यूज

असार ६, २०८० काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र चीनको सम्बन्ध सगरमाथाजस्तै अग्लो रहेको बताएका छन् ।
 
बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान अवतरण गरिसकेपछि आयोजित कार्यक्रममा बोल्दै उनले विश्वको सर्वोच्च शिखर सगरमाथा विश्वकै सबैभन्दा अग्लो सिमाना भएको पनि बताए । 
 
‘यो शुरूआत गर्नु धेरै ठूलो कुरा हो । योभन्दा पनि ठूलो कुरा यसलाई निरन्तर सञ्चालन गर्नु हो । पहिलो पाइला हामीले प्रारम्भ गरेको अनुभूति भएको छ । सगरमाथा विश्व शिखर मात्रै होइन, विश्वकै अग्लो सिमाना पनि हो । योभन्दा अग्लो सीमाना दुनियाँमा कतै छैन । तर अनौठो कुरा यो प्राकृतिक सीमाना जति अग्लो छ । त्योभन्दा अग्लो हामी दुई देशबीचको सम्बन्ध छ । हाम्रो भाषा र संस्कृतिको सम्बन्ध पनि त्यति नै नजिकको छ ।’ 
 
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान शुरू गर्नु पहिलो कदम भए पनि अब यसलाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गरे ।