Trending :
 

साफ च्याम्पियनसिपको उद्घाटन खेलमा कुवेतसँग नेपाल ३-१ गोलले पराजित

आषाढ ०६,२०८०

-आस्था न्यूज

असार ६, २०८० काठमाडौं ।
साफ च्याम्पियनसिप फुटबलको बुधवार भएको उद्घाटन खेलमा नेपाली टोली कुवेतसँग ३(१ गोलले पराजित भएको छ । कुवेतले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको हो । नेपालले भने एक मात्र गोल दोस्रो हाफमा गरेको थियो । 
 
भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा कुवेतका लागि पहिलो गोल खेल सुरु भएको २३ औँ मिनेटमा कप्तान खालिद हाजिहले गरेका थिए । फवाज वालोताइबीले बायाँतर्फको कर्नरबाट उपलब्ध पासलाई सदुपयोग गर्दै उनले खाली पोस्टमा हेडमार्फत गोल गरेका थिए । 
 
नेपालका लागि भने ६८ औँ मिनेटमा अञ्जन विष्टले गोल फर्काएका थिए । त्यसअघि खेलको ३५ औँ मिनेटमा अञ्जन विष्टले विपक्षीको डीबक्स नजिकै बल पाएका थिए । 
 
साफ च्याम्पियनसिप दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो । पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको यो १४ औँ संस्करण हो । यस पटक साफ च्याम्पियनसिपमा आठ वटा राष्ट्रको सहभागिता रहेको छ ।