Trending :
 

स्थानिय तहमा न्यायधिसको रुपमा महिलाहरुले अवसर पाउनु गर्वको विषय होः राज्यमन्त्रि सिर्पाली

आषाढ ०७,२०८०

-आस्था न्यूज

असार ६, २०८० काठमाडौें ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले राजनैतिक रुपमा उपप्रमुखको पदमा देश भरि अधिकांश पालिकाहरुमा महिलाहरुले जिम्मेवारी पाएको अवशथामा उपप्रमख स्थानिय तहका न्ययाधिश भएको र यो  जिम्मेवारी पाउनु एउटा चुनौतीपुर्ण अवसर भएको बताउनु भएको छ । 
 
अर्घाखाँचीको शितगंगा नगरपालिकाले आयोजना गरेको न्यायिक समितीको जिल्लाको पहिलो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनु भएको हो । स्थानिय तहमा न्ययाधिशको जिम्मामा रहेको उप प्रमुख पदहरुमा निर्वाचित जनप्रतिनिधीहरुले यसको महत्व कम आँकलन गरेको भन्दै यो अत्यन्तै जिम्मेवारीपुर्ण जिम्मा रहेको राज्यमन्त्रि सिर्पालीले बताउनु भएको छ । 
 
स्थानिय तहका न्यायिक समितिहरु गाउँ गाउँका जनताका महुचमा रहेका न्ययालय भएको बताउनु भयो । जतनालाई सरल र शुलभ तरिकाबाट स्थानिय सरकार मार्फत न्यायमा प्रदान गर्नका लागि स्थापना गरिएको न्यायिक समितिको ठुलो जिम्मेवारी रहेको बताउनु भएको छ । 
 
राजनैतिक पार्टीका नेतृत्वहरुले स्थानिय न्ययालयको कम आँकलन गरेकाले स्थानिय तहका न्यायिक समितिहरुमा आवश्यक दक्ष जनशिक्तिको अभाव रहेको प्रति सरकारको ध्यानकर्षण भएको बताउनु भएको छ । 
 
अर्घाखाँचीको शितगंगा नगरपालिकाले जिल्ला भित्र रहेका ६ वटा पालिकाका न्यायिक समितिहरुको प्रथम जिल्ला भेलाको आयोजना गरेको शितगंगा नगरपालिकाकी उप प्रमुख गिता भाटले बताउनु भएको छ ।
 
काठमाण्डौ भन्दा बाहिर पहिलो पटक गरिएको न्यायिक समितिहरुको यो भेलामा बुटवल तुल्सिपुर ईजलासका न्ययाधिस चन्द्र सारु, प्रदेश रजिस्टार, जिल्ला भित्रका पुर्व न्यायिक समितिका सदस्यहरु सहित न्याय र कानुनसंग सम्बन्धित दर्जनौ विज्ञ ब्याक्तित्वहरुको सहभागिता रहेको उप प्रमुख भाटले बताउनु भयो । 
 
यस अवसरमा शितगंगा नगरपालिकाले उत्पादन गरेका थाक्कलका पातबाट गरेका टोपी, झोला, पर्स लगाएतका सामानहरु उपहारका रुपमा अतिथिहरुलाई प्रदानगरिएको थियो ।