Trending :
 

एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै, बजेट विनियोजनको विषयमा छलफल हुने

आषाढ ०७,२०८०

-आस्था न्यूज

 असार ७, २०८० काठमाडौें ।

सत्तारूढ नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे बस्नेछ । 

नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले बजेट विनियोजनको विषयमा असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरूले पार्टी अध्यक्ष माधव कुमार नेपालसँगको छलफलमा सांसदहरूले बजेटको असन्तुलन नसच्याएसम्म मतदान नगर्ने चेतावनी दिएका छन् । 
 
सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि आफूहरूको मागलाई बेवास्ता नगर्न चेतावनी दिएका छन् । उनीहरूले आफूहरू पार्टी विभाजन गरेर आएको भन्दै सरकार भत्काउन ठूलो कुरो नभएको समेत बताएका छन् ।