Trending :
 

यथास्थितिमा बजेट पारित गर्न नसकिने जसपाको निश्कर्ष

आषाढ ०७,२०८०

-आस्था न्यूज

असार ७, २०८० काठमाडौं ।
सत्तारुढ गठबन्धनको घटक जनता समाजवादी पार्टीले संसद्‌मा प्रस्तुत बजेटले धेरै क्षेत्रलाई उपेक्षा गरेकाले त्यसलाई यथास्थितिमा पारित गर्न नसकिने बताएको छ ।
 
अध्यक्ष उपेन्द्र यादवले बिहीबार पत्रकार सम्मेलन गरी बजेटमा सुधारको जरुरी रहेको बताएका हुन् । अहिलेको बजेटमा एकलौटी ढंगले गठबन्धनमा रहेका दलसँग छलफल नै नगरी ल्याइएको छ । मधेस लगायतलाई उपेक्षा गरेको छ । यसलाई सुधार गर्नुपर्छ, यथास्थितिमा बजेट पास हुन्न, अध्यक्ष यादवले भने, बजेट न्यायोचित छैन ।
 
उनले समाजवादी मोर्चामा बाबुराम भट्टराईको दललाई नसमेटेको विषयमा पनि टिप्पणी गरे । भट्टराई एक्लै हिँड्न रुचाउने व्यक्ति भएको यादवको भनाइ थियो । बाबुरामलाई हामीले समातेको पनि हैन छोडेको पनि छैन । यो मोर्चामा कहिल्यै देखिनँ यादवले भने, बाबुरामजीको एक्लै हिँड्ने बानी छ । त्यसैले ठिकै जस्तो पनि छ । सबैलाई समेट्ने होइन, समेटिनेलाई समेट्ने हो ।ु