Trending :
 

खर्च शीर्षक समेटिएको पुस्तिका माग गर्दै एमालेद्धारा प्रतिनिधिसभा बैठक अबरोध

आषाढ ०८,२०८०

-आस्था न्यूज

असार ८, २०८० काठमाडौं । 
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले उपराष्ट्रपति कार्यालयको खर्च शीर्षक समेटिएको पुस्तिका सांसद्लाई उपलब्ध नगराइएको भन्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।
 
नेकपा एमालेका सचेतक महेश बर्तौलाले उपराष्ट्रपति कार्यालयको खर्च शीर्षक समेटिएको पुस्तिका उपलब्ध नगराइएको भन्दै सो पुस्तिका उपलब्ध नभएसम्म बैठक बस्न नदिने अडान लिएका छन्।
 
लगत्तै  सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसद्ले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।