Trending :
 

प्रधानमन्त्री प्रचण्ड सत्ता टिकाउने काममा अल्झिएको रवि लामिछानेको भनाई

आषाढ ०८,२०८०

-आस्था न्यूज

असार ८, २०८० काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता टिकाउन मात्रै अलमलिएको टिप्पणी गरेका छन् ।
 
सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलभित्रै अर्को गठबन्धन बनाउनुपरेको, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको, भारत भ्रमणलाई ठूलो उपलब्धिको रुपमा चित्रण गर्न प्रयास गरेको लामिछानेको आरोप थियो ।
 
शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोगको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री दाहाल जनतालाई राहत दिने र मुलुकको महत्वपूर्ण मुद्दामा केन्द्रित नभएर सत्ता टिकाउने काममा अल्मलिएको आरोप लगाए ।