Trending :
 

पोखरा विमानस्थलमा अब ठुला जहाज अवतरण गर्न कुनै समस्या हुदैनः राज्यमन्त्री सिर्पाली

आषाढ ०९,२०८०

-आस्था न्यूज

असार ९, २०८० काठमाडौं ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठाकुरीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अब ठुला हवाई जहाज अवतरण गर्न कुनै समस्या नरहेको पुष्टि भएको बताउनुभएको छ ।
 
पोखरामा  सम्पन्न भएको नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट महोत्सव (फेस्टिभल) २०२३ को समापन कार्यक्रममा बोल्दै राज्यमन्त्री सुशिला सिर्पालीले सिचुवान एयरलायन्सको एयरबस ए-३१९ विमानले असार ६ गते चीनको छेन्दु-तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गरेपछि अव संसारको जुनसुकै विदेशी वायुसेवाले  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान भर्न सक्ने संदेश गएको बताउनुभएको हो ।
 
चीनीया दुतावासको अग्रसरतामा चिनबाट पोखराको अन्तराष्ट्रिय विमान स्थलमा जहाज आउनुले पोखरा अन्तराष्ट्रिय विमान स्थलको संचालनमा ठुलो र महत्वपुर्ण कामको शुरुवात भएको  भन्दै राज्यमन्त्री सुशिला सिर्पालीले केही समय पहिला मात्र निर्माण सम्पन्न भएका नेपालको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थलको संचालनको निरन्तरता अत्यन्तै महत्वपुर्ण विषय बनिरहेको बेला नेपाल चीन फ्रेन्डशिप ड्रागन बोट रेस फेस्टिबल कार्यक्रम मार्फत चीनबाट पोखरा अन्तराष्ट्रिय विमान स्थलमा विमानको सिधा अवतरण हुनु  नेपालीका लागि खुशीको विषय बनेको छ र यसले  पोखराको बृहत पर्यटनको अपार सम्भावनाको ढोकालाई समेत खोलिदिएको उल्लेख गर्नुभयो।  
 
यस प्रतियोगिताले दुई देश, दुई एतिहासिक र पर्यटकिय शहर,  दुई अन्तर्राष्ट्रिय बिमानस्थल साथै दुई देशका नागरिक र कला सँस्कृतिलाई आगामी दिनहरुमा अझ बिस्तार र सिधा स्थापित गर्न सहयोग पु¥याएको राज्यमन्त्री सिर्पालीको भनाई छ।
 
नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद र चाइना ओभरसीज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएशन नेपाल (हान) र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) र राफ्टिङ एण्ड क्यानोइङ एशोसिएसनसंगको सहकार्यमा असार ७ र ८ गते पोखरामा नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट महोत्सव २०२३  सम्पन्न भएको छ । 
 
आज सम्पन्न २०० मिटर र ५०० मिटर को नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट महोत्सव (फेस्टिभल) २०२३  सेमिफाइनल र फाईनल खेलमा चीनको सिचुवान टिमले प्रथम स्थान प्राप्त गरेको छ । नेपालको नाडा टिमले दोस्रो स्थान प्राप्त गरेको छ ।
 
No description available.No description available.
No description available.