Trending :
 

प्रथम कलङ्की महोत्सवको आज तेस्रो दिन, भव्य सांगितक कार्यक्रम र स्थानीय उत्पादनमा जोड

आषाढ १०,२०८०

-आस्था न्यूज

असार १०, २०८० काठमाडौं ।
प्रथम कलङ्की महत्सवको आज तेस्रो दिन विभिन्न सांगितिक कार्यक्रमहरु जारी रहने छन् । बिहिबारबाटकलङिकीको बाबा पेट्रोल पम्प नजिकै मालपोत कार्यलय जाने बाटो नीर भब्य कार्यक्रमका बिच सुरु भएको महतेत्सवको पुर्ब मन्त्री कल्पना धमला प्रमुख अतिथि रहनु भएको छ ।
 
कार्यक्रममा समाजसेबि, बुद्दिजिबी, राजनितीकर्मी, नेता तथा स्थानीय ब्यक्तिहरुको उपस्थिति रहदै आएको छ । नव ज्योति युवा परिवार क्लबको  आयोजना तथा सयुक्त मेला महत्सब ग्रुप प्रा.लि.ले व्यवस्थापन गरेको छ।
 
महोत्सवमा कलाकारहरुले आफ्ना गीत गाएर सबैलाई नचाउँदै आएका छन् । असार ९ गते मेलाको दोश्रो दिन  कार्यक्रममा चर्चित गायिका प्रतिमा अर्याल र गायक रबि रिमालले आ आफ्नो प्रस्तुति राखेका थिए । र्याप पारखीहरुको लागि पनि विशेष रमाइलो हुने बताएको छ।
 
असार ३० गते सम्म सन्चालन हुने महत्सवका विशेष आकर्षण स्थानीय उत्पादन र कलाकारलाई प्राथमितामा राखिएकोछ। साथै मेला अवधिभर नेपालका चर्चित कलाकारको उपस्तिथि रहनेछ।
 
महोत्सव क्षेत्र भित्र विभिन्न स्टल, खेलहरु राखिएको छ। दुई बजे सम्म टिकट निःशुल्क रहेको छ भने त्यसपछि महत्सबमा आउनेहरुले ५० रुपैयाँको टिकट काटेर राती ८ बजे सम्म रमाइलो लिनसक्नेछन् । साथै महोत्सवमा आफुलाइ मन परेको सामान किन्न र खानका विशेष परिकार पाइनेछ।
 
५ बर्ष मुनिका बालबालिका, अपाङ र वृद्ध वृद्धाहरुलाई निशुल्क टिकट रहेको आयोजकले बताएको छ। २२ दिन सम्म चल्ने महोत्सवमा अवधीभर झन्डै २ लाख मानिसले अबलोकन गर्ने अपेक्षा रहेको आयोजकले जनाएको छ ।