Trending :
 

संसद्ले बजेट परिमार्जन गर्नसक्ने कानुनी व्यवस्था गर्न कांग्रेसको प्रस्ताव

आषाढ १०,२०८०

-आस्था न्यूज

असार १०, २०८० काठमाडौं । 
नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले संसद्ले बजेट संशोधन गर्नसक्ने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् । बजेट संशोधन हुँदैन भने संसद्‌भित्र बजेटमाथि हुने छलफलको औचित्य माथि नै प्रश्न उठ्न थालेको भन्दै यसप्रति सबै गम्भीर हुनुपर्ने बताए । 
 
प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस मुख्य सचेतक लेखकले बजेट निर्माणमा संसद्को भूमिका निर्धारण गर्न जरुरी रहेको बताएका हुन् । 
 
हाल भएको अवधारणालाई परिमार्जन गरेर संसद्‌बाट बजेट परिमार्जन हुनसक्छ भन्ने अवधारणा बनाउनुपर्ने उनको भनाइ थियो । त्यसका लागि उनले प्रतिनिधिसभा नियमावलीको प्रस्ताव राखेका छन् ।