Trending :
 

प्रतिनिधिसभा बैठकमा उपराष्ट्रपति पद र सुविधा खारेजी गर्न माग

आषाढ १०,२०८०

-आस्था न्यूज

असार १०, २०८० काठमाडौं । 
प्रतिनिधिसभाको आइतबारको बैठकमा केही सांसदहरूले उपराष्ट्रपति पद नै खारेज गर्नुपर्ने र कायम रहेको अवस्थामा उनलाई दिइँदै आएको सुविधा पनि कटौती गर्नुपर्ने माग गरेका छन् ।
 
संसद्‌मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले पद नै खारेज गर्नुपर्ने बताए भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले उपराष्ट्रपतिको सुविधा कटौती गर्नुपर्ने आवाज उठाइन् । त्यस्तै जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले राष्ट्रिय सभाको उपाध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनुपर्ने बताइन् ।
 
बैठकमा बोल्दै रास्वपाका मनिष झाले उपराष्ट्रपति पद आवश्यक नभएको भन्दै हालसम्म उपराष्ट्रपतिको पदले सम्झनलायक कुनै पनि काम गर्न नसकेकाले यसको औचित्य नरहेको बताए । उनले उपराष्ट्रपतिले गर्ने काम राष्ट्रिय सभा अध्यक्षले नै गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताए ।