Trending :
 

काठमाण्डौ महानगरद्धारा २५ अर्ब ५४ करोड बजेट सार्वजनिक

आषाढ १०,२०८०

-आस्था न्यूज

असार १०, २०८० काठमाडौं । 
काठमाण्डौ महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ल्याएको छ । आइतवार महानगरकी उपमेयर सुनिता डंगोलले नगरसभाको बैठकमा आउँदो आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।
 
बजेटमा चालुतर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार (३३ दशमलव ७२ प्रतिशत) र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ (६६ दशमलव २८ प्रतिशत) विनियोजन गरिएको छ ।
 
महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटीमध्ये विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भएका सडक तथा पेटीहरू मर्मत तथा निर्माण गरी धुलोरहित काठमाण्डौु योजनालाई कार्यान्वयन गरिने बजेटमा उल्लेख छ । यस योजनाअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्न एक अर्ब रुपैयाँ विनियोजन गरेको उपमेयर डंगोलले जानकारी दिइन्।
 
यस्तै सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन आफ्नै आस्फाल्ट प्लान्ट स्थापनासहित पूर्वाधार एम्बुलेन्सलाई प्रभावकारीरूपमा सञ्चालन गर्न २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।