Trending :
 

ललितपुर महानगरको बजेट छ अर्ब ५० करोड सार्वजनिक

आषाढ १०,२०८०

-आस्था न्यूज

असार १०, २०८० काठमाडौं ।
ललितपुर महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ । 
 
आइतवार नगरसभा बैठकमा महानगरकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले छ अर्ब ५० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा चालुतर्फ दुई अर्ब ४९ करोड ८४ लाख ४२ हजार र पुँजीगततर्फ चार अर्ब २१ लाख ४६ हजार रुपैयाँ छुट्याइएको छ । 
 
१० वटा महानगर गौरव योजनाका लागि तीन अर्ब ८० करोड रुपैयाँ छुट्याएको महानगरले बजेटमा सडक पूर्वाधार र सम्पदालाई प्राथमिकतामा राखेको छ ।