लमजुङमा उत्तराद्र्ध साहित्य बहस
-
काक्तिक १०,२०७४ लमजुङ ।
ज्येष्ठ नागरिकको मनोविज्ञान र अवस्थामा लेखिने साहित्य विषयमा लमजुङबाट बहसको थालनी गरेका छन् । ‘मेरो राष्ट्र मेरो ध्येय’ नारासहित कला–साहित्य यात्रामा लमजुङ पुगेका साहित्यकारले शुक्रबार बँेसीशहरमा उत्तराद्र्ध साहित्यबारे विचारविमर्श गरेका हुन ।
नेपाली कला साहित्य डट कम प्रतिष्ठानकी अध्यक्ष एवं साहित्यकार मोमिला जोशीले उत्तराद्र्ध साहित्यमार्फत ज्येष्ठ नागरिकको मनोविज्ञान र अवस्था साहित्यमा कसरी प्रस्तुत भइरहेको छ भन्ने नयाँ बहस शुरु गरिएको बताउनुभयो ।
कार्यक्रममा उत्तराद्र्ध साहित्यः परिकल्पना, विश्व परिदृष्य र सम्भावनाबारे त्रिभुवन विश्वविद्यालयका अंग्रेजी केन्द्रीय विभागका उपप्राध्यापक केशव सिग्देलले कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रममा वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवसले साहित्यलाई दिगो विकाससँग जोड्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
उत्तराद्र्ध साहित्य लेखनबारेको बहस सकारात्मक रहेको यसलाई सांगठनिक रुप दिन आवश्यक रहेको उहाँले भनाइ थियो । सर्वोदय सेवा आश्रमसँग मिलेर शुरु गरिएको साहित्य यात्राका लागि राजधानीबाट २५ साहित्यकार सम्मिलित टोली लमजुङ पुगेको छ । रासस