Trending :
 

नेपाली बजारमा सुन चांदीको मुल्यमा वृद्धि

आषाढ ११,२०८०

-आस्था न्युज

असार ११,२०८० काठमाडौं । नेपाली बजारमा सुनचांदीको मुल्यमा वृद्धि भएको छ। आइतबार प्रतितोला चार सय रुपैयाले बढेको सुन आज सोमबार पनि २ सय रुपैयाले बढेको छ। सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 
 
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १३ सय ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।