सोमवार नेप्से परिसूचक सामान्य अंकले वृद्धि, ५ अर्ब ३१ करोडको कारोबार
-आस्था न्यूज
असार ११, २०८० काठमाडौं ।
साताको दोस्रो कारोबारको दिन सोमवार पनि नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । आइतवार ६२.२१ अंकले बढेको नेप्से परिसूचक सोमवार ११.६९ अंकले बढेर २१२९.४२ बिन्दुमा पुगेको हो ।
सोमवार कारोबार भएका २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार कित्ता शेयर ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आइतवारको तुलनामा सोमवार कारोबार रकम भने गिरावट आएको छ ।
आइतवारको तुलनमा करिब १ अर्ब बढीले गिरावट आएको हो । आईतवार ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
आइतवारको कारोबारमा नेप्सेका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा जलविद्युत,जीवन बीमा,निर्जीवन,अन्य र व्यापार उपसमूहको परिसूचकमा गिरावट आएको छ ।
माइक्रोफाइनान्स उपसमूहको परिसूचक सबैभन्दा बढी ३.९९ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको परिसूचक ३.११ प्रतिशतले बढेको छ ।