पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई अन्तर्गत होइनः पर्यटनमन्त्री किराती
-आस्था न्यूज
असार ११, २०८० काठमाडौं ।
संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआईअन्तर्गत नरहेको प्रस्ट पारेका छन्। नेपाली कांग्रेसका सांसद रामहरि खतिवाडाले सोधेको प्रश्नको जवाफ दिँदै उनले उक्त कुरा संसारलाई थाहा भएको बताए।
उनले नेपाल र चीनबीच २०१६ मा मात्रै बिआरआई सम्झौता भएको स्पष्ट पारे। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल त्यसअघि २०१२ मै निर्माणकार्य सुरु भएको उनको भनाइ छ। संसारलाई थाहा भएको कुरामा नअल्मलिन उनले सांसदहरूलाई आग्रह गरे।
संसारले यो बिआरआई होइन भनिरहेको बेला सांसदहरू अल्मलिएका अल्मलियै गरेको उनको भनाई छ ।
उनले पत्रपत्रिकामा पनि यो बिआरआई होइन भनेर सम्प्रेषण भइरहेको र आफूहरूलाई हेरेर समय र लाज आफैं लजाएको अनुभूति भइरहेको बताए।
गत बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री किराती सहभागी भएकै कार्यक्रममा चिनियाँ राजदूत छन् सोङ यो एयरपोर्ट बीआरआईअन्तर्गत बनेको दाबी गरेका थिए।