Trending :
 

सुनको जलहरी हटाएर राज्यकोषमा दाखिला गर्न माग

आषाढ १२,२०८०

-आस्था न्यूज

असार १२, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले पशुपतिनाथ मन्दिरमा सुनको जलहरि हटाएर राज्यकोषमा दाखिला गर्नुपर्ने बताएकी छन्। 
 
मंगलबार प्रतिनिधिसभा बैठकमा गौतमले पशुपतिनाथ मन्दिरमा सुनको जलहरि हटाएर राज्यकोषमा दाखिला गदै पशुपतिनाथको मौलिक स्वरुप कायम गर्नुपर्ने बताएकी हुन् ।
 
उनले पशुपतिनाथ मन्दिरमा अनावश्यक रुपमा सुनको जलहरि राखिएको र जलहरिसम्बन्धी विवादले हिन्दू धर्मावलम्बीको भावनामा चोट पुगेको उल्लेख गरिन्। त्यस्तै उनले जलहरिमा १३ जनाको नाम कुदँको भन्दै आपत्ति जनाइन्।