Trending :
 

काठमाडौंका सुकुम्बासीलाई जग्गाधनी पुर्जा दिने प्रक्रिया अघि बढेको छः मन्त्री श्रेष्ठ

आषाढ १२,२०८०

-आस्था न्यूज

असार १२, २०८० काठमाडौं ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले काठमाडौंका सुकुम्बासीहरूलाई जग्गाधनी पुर्जा दिने प्रक्रियाअगाडि बढाइएको बताएकी छन् । 
 
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले काठमाडौंमा कमैया जीवन बिताउन बाध्य धेरै मूलबासी नेवारहरू रहेको भन्दै उनीहरूलाई लाल पुर्जा वितरण गर्ने प्रक्रिया अगाडि बढाइएको बताएकी हुन् । 
उनले भूमिहीनहरूलाई जग्गाको लाल पुर्जा दिन राष्ट्रिय भूमि आयोगले ७७ वटै जिल्लाका काम गरिरहेको पनि जानकारी गराइन् । ‘तराईंमा कमैया प्रथा उन्मुलन भएको २३ वर्ष भयो तर सुन्दा पनि अचम्म लाग्छ काठमाडौंमा पनि कमैयाको जीवन बिताउने मूलबासी नेवारहरू धेरै छन्, उनले भनिन्, काठमाडौंमा धेरै सुकुम्बासीको घरको लाल पुर्जा छैन ।
 
अब हाम्रो लक्ष्य ती सुकुम्बासीलाई घरको लाल पुर्जा दिनु पनि हो । मन्त्रालयले सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रियालाई पनि अगाडि बढाउने निर्णय गरेको छ ।