Trending :
 

माओवादीको केन्द्रीय समिति बैठक साउन १७ गते बस्ने

आषाढ १२,२०८०

-आस्था न्यूज

असार १२, २०८० काठमाडौं ।
असार २३ बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको समय सरेको छ । 
 
सबै प्रदेशहरूमा बजेट अधिवेशन चलिरहेको र असार मसान्तसम्म चालु आर्थिक वर्षको हिसाब फर्छ्यौट गर्नुपर्ने कारणले गर्दा बैठक सरेको हो । 
 
‘केन्द्रीय समितिको बैठक २०८० साल साउन १७ गते काठमाडौँमा बस्नेगरी सरेको माओवादी केन्द्रले मंगलबार केन्द्रीय सदस्यहरुलाई जारी गरेको सर्कुलरमा उल्लेख छ ।