Trending :
 

साफ च्याम्पियनसिपको अन्तिम खेलमा पाकिस्तानमाथि नेपालको जित

आषाढ १२,२०८०

-आस्था न्यूज

असार १२, २०८० काठमाडौं ।
भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले जित निकालेको छ ।
 
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा मंगलबार भएको खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले हराएको हो।
 
नेपालको जितमा आशिष चौधरीले निर्णायक गोल गरे ।
 
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेपालले निर्णायक गोल गरेको थियो ।
 
दोस्रो हाफमा मैदान प्रवेश गरेका आशिषको यो नेपालका लागि डेब्यु गोल हो ।
 
जितसँगै नेपालले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । नेपालले ३ खेलमा ३ अंक जोडेको छ  । नेपाल तेस्रो स्थानमा रह्यो ।
 
पाकिस्तानले भने अंक विहीन रहदै प्रतियोगिताको अन्त्य गरेको छ  ।
 
पाकिस्तान पुछारमा रह्यो । पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । पाकिस्तान भने पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो ।
 
यस समूहबाट कुवेत र भारत सेमिफाइनलमा प्रवेश गरिसकेको छ । कुवेत ६ अंक जोडेर शीर्ष र ६ अंक जोडेको भारत दोस्रो स्थानमा रहेको छ ।
 
कुवेत र भारत आज राति भिड्ने छन् । दुई टोलीबीचको खेलपछि समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।