Trending :
 

यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर

आषाढ १३,२०८०

-आस्था न्यूज

असार १३, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज असार १३ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९५ पैसा र बिक्री दर १३१ रुपैयाँ ५५ पैसा पुगेको छ।
 
युरो एकको खरिद दर १४३ रुपैयाँ ३५ पैसा र बिक्री दर १४४ रुपैयाँ ०१ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७६ पैसा र बिक्री दर १६७ रुपैयाँ ५३ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।