Trending :
 

बजेटमाथि छलफल गर्न बागमती प्रदेशसभाको बैठक बस्दै

आषाढ १३,२०८०

-आस्था न्यूज

असार १३, २०८० काठमाडौं ।
बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक प्रदेश सभा  भवन, हेटौडामा बिहान ११ बजे बस्ने छ ।
 
प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभामा आजबाट असार १ गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०-८१ को बजेटमाथि छलफल सुरु हुनेछ ।
 
हिजोका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाको अवरोधका कारण अवरुद्ध भएको थियो । एमाले र राप्रपाले बजेटमा भेदभाव भएको भन्दै अवरोध गरेका थिए ।
 
आज सहमति कायम गरेर बैठक बस्न लागेको हो ।
 
आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले गत असार १ गतेको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए ।