Trending :
 

संसदीय व्यवस्थाले देशलाई भ्रष्टाचारमा‌ डुबाएको बास्तोलाको भनाई

आषाढ १४,२०८०

-आस्था न्यूज

असार १४, २०८० काठमाडौं ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले संसदीय व्यवस्थाले देशलाई भ्रष्टाचारमा‌ डुबाएको बताएका छन् । आज बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले देशमा ठुलो सङ्कट आएको र यसको कारक दलाल पुँजीवादी‌ सत्ता भएको बताए । 
 
संसदीय व्यवस्था स्थापना भएपछि उद्योग कलकारखाना बन्द भएको र विभिन्न भ्रष्टाचारका काण्डहरू घटेको बताए । लामो समयदेखि भुटानी शरणार्थी प्रकरणलाई दबाएर राखिएको भन्दै उनले यो प्रकरणमा विभिन्न शीर्ष नेताहरू जोडिए पनि उनीहरूलाई उन्मुक्ति दिइएको आरोप लगाए ।