जलहरीको विषयमा भइरहेको विवाद आफूसँग सम्बन्धित नभएको ओलीको दाबी
-आस्था न्यूज
असार १४, २०८० काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरीको विषयमा भइरहेको विवाद आफूसँग सम्बन्धित नभएको बताएका छन्।
भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले प्रधानमन्त्रीको काम बजेट दिनेमात्रै भएको बताए।
‘मैले त पशुपति विकास कोषलाई पैसा दिनेमात्रै हो। अरू काम उनीहरूले कस्तो गरे, के गरे मसँग सम्बन्धित विषय होइन। खाएकै रहेछन् भने पनि मसँग सम्बन्धित विषय होइन नि उनले भने।
ओलीले शिलान्यास, उद्घाटन गर्नेको नाम लेख्ने चलन सबैतिर भएकाले जलहरीमा आफ्नो नाम लेखिनु स्वाभाविकै भएको बताए।
पहिले ९९.९९ प्रतिशत सांसदको समर्थनमा बजेट पारित हुने गरेकोमा अहिले ५३ प्रतिशतले मात्रै पारित भएको भन्दै ओलीले वर्तमान सरकारले संसदमा आफ्नो मत गुमाउँदै गएको दाबी गरे। तर यो सरकारलाई विस्थापन गर्ने प्रयासमा नलागेको उनले बताए।