Trending :
 

बिआरआई कार्यक्रममा सहभागी हुन उपसभामुख इन्दिरा राना चीन जाने

आषाढ १५,२०८०

-आस्था न्यूज

असार १५, २०८० काठमाडौं ।
उपसभामुख इन्दिरा राना चीन जाने भएकी छन्। बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)सम्बन्धी कार्यक्रममा भाग लिन उपसभामुख राना असार २२ गते चीनको गोन्झाउ जाने भएकी हुन्। 
 
उपसभामुख रानाले पाँच सदस्यीय टोलीको नेतृत्व गर्दैछिन्। टोलीमा उपसभामुख रानासहित तीन जना सांसद र एक जना संसद सचिवालयका कर्मचारी रहने स्रोतले बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद हुँदै राना उपसभामुखमा निर्वाचित भएकी थिइन्।
 
उपसभामुख रानाले सो अवसरमा सम्बोधन समेत गर्ने कार्यक्रम छ। उपसभामुख राना र चीन सरकारका अधिकारीहरूबीच साइड लाइन भेटघाट हुनेछ। अहिले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेत चीनको छेन्दुमा छन्। 
 
उपप्रधानमन्त्री श्रेष्ठले शुक्रबार बिहान छेन्दूस्थित सिचुवान विश्वविद्यालयमा प्रचवन दिएका थिए। सो क्रममा उनले नेपाल र चीनबीचको नेपालमा चिनियाँ लगानी, सांस्कृतिक आयामको बारेमा प्रवचन दिएका थिए।