Trending :
 

आर्थिक गतिविधि

एप्पलको विशेष संस्करण रेड आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक

चैत्र २१,२०७३

-

२१,२०७३चैत्र,काठमाडौँ-

एप्पलको आइफोन ७ र आइफोन ७ प्लस नेपालमा सार्वजनिक भएको छ ।

जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स् प्रालि एप्पलको नेपालका लागि आधिकारिक वितरकले एप्पलको विशेष संस्करण रेड आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक गरेको हो ।

यी विशेष संस्करणका आइफोन इभो स्टोर, फ्युचर वल्ड तथा ओलिज स्टोरबाट बिक्री गर्ने जेननेक्स्टले जनाएको छ ।

यी संस्करणको मूल्य पनि यस अघिका ब्ल्याक, रोज गोल्ड, सिल्भर एडिसनकै बराबर राखिएको छ । आइफोनहरु एक सय २८ जिबी र दुई सय ५६ जिबी स्टोरेजमा उपलब्ध रहेको

कम्पनीले बताएको छ । 

कम्पनीले नेपालमा एप्पलको आइफोन तथा यसका उत्पादन वितरण गर्ने एकमात्र वितरक रहेको जनाएको छ।