Trending :
 

अब ट्वीटरमा २५ हजार अक्षर र फोटो पनि ट्वीट गर्न सकिने

आषाढ १५,२०८०

-आस्था न्यूज

असार १५, २०८० काठमाडौं ।
माइक्रोब्लगिञ साइट ट्वीटरले अब ट्वीटमा हुने अक्षरको अधिकतम सीमालाई बढाएर २५ हजार पूराएको छ । अर्थात् अब तपाईले २५ हजार वटा क्यारेक्टर (अंक, अक्षर, चिन्ह) सम्मको ट्वीट गर्न सक्नुहुनेछ। यस्तो खालको ट्वीटमा तपाईले फोटो पनि थप्न सक्नुहुन्छ।
 
यद्यपि २५ हजार अक्षरसम्मको ट्वीट गर्न सकिने फिचर सबै आम साधारण ट्वीटर प्रयोगकर्ताका लागि होइन। ट्वीटरको ब्लू सब्सक्रिप्सनवाला अर्थात् मासिक शुल्क तिर्ने प्रयोगकर्ताका लागि मात्रै यो फिचर उपलब्ध हुनेछ ।
 
नयाँ फिचरको जानकारी कम्पनीले एक ट्वीटमार्फत् दिएको छ । ट्वीटरका मालिक एलन मस्कले उक्त ट्वीटमा जवाफ फर्काउँदै लामो स्वरुपका पोस्टमा सुधार गरिएको बताएका छन् ।
 
यसअघि गत अप्रिल महिनामा ट्वीटरले सशुल्क निलो टिको  भएका प्रयोगकर्ताका लागि ट्वीटको सीमा १० हजार अक्षरमा पूराएको थियो । त्यसअघि ट्वीटमा अक्षरको सीमा सबैका लागि २ सय ८० मात्र थियो ।