Trending :
 

कृषीलाई पर्यटनसँग जोड्न सके देश र किसानको आर्थिक समृद्धि सम्भव छः राज्यमन्त्री सिर्पाली

आषाढ १५,२०८०

-आस्था न्यूज

असार १५, २०८० काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुशिला सिर्पाली ठकुरीले कृषिलाई पर्यटनसँग जोड्न पहल भएको बताउनुभएको छ । राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८० को नुवाकोटमा शुभारम्भ गर्दै सिर्पालीले कृषि पर्यटनका लागि पहल भएको बताउनु भएको हो ।
 
राष्ट्रिय धान दिवसका अवसरमा नुवाकोटमा पनि रोपाई महोत्सवको आयोजना गरिएको हो। महोत्सवमा राज्यमन्त्री सिर्पालीले कृषकको पक्षमा सरकार रहेको उल्लेख गर्दै राज्यले नेपाली कृषकको उपजमा कर नलगाएको र कृषीलाई पर्यटनसँग जोड्न सके समग्र देश र किसानको आर्थिक समृद्धि सम्भव रहेको बताउनुभयो ।
 
पर्यटन देशको आर्थिक मेरुदण्ड भएकोले कृषिलाई पर्यटनसँग जोड्नु पर्ने बताउँदै उहाले कृषिमा आत्मनिर्भरताका लागि समेत प्रेरित गर्न आफू धान रोपाई कार्यक्रममा सहभागि भएको बताउनुभयो । नुवाकोटमा राष्ट्रिय स्तरको भिटोफ नेपाल तथा बेलकोटगढी नगरपालिकाको आयोजनामा रोपाई महोत्सव  गरिएको हो । 
 
रोपाई महोत्सवमा नुवाकोट जिल्लाको प्रमुख जिल्ला अधिकारी,  बेलकोटगढी नगरपालिकाका मेयर लगायत बिभिन्न पर्यटन व्यवसायी संगठनका प्रतिनिधि र ब्यवसायी, स्थानीयको सहभागीता रहेको थियो ।
No description available.
No description available.