Trending :
 

चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य ९ करोड ८४ लाख पुगे

आषाढ १५,२०८०

-रासस

असार १५, २०८० काठमाडौं ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का सदस्यहरू ९ करोड ८४ लाख पुगेका छन् ।
 
सन् २०२२ को अन्त्यसम्ममा पार्टीका सदस्यहरू करिब १० करोडको हारहारीमा पुगेका छन्  ।  चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सङ्गठन विभागले शुक्रबार गरेको घोषणा अनुसार यसका सदस्य ९ करोड ८४ लाख पुगेको उल्लेख छ ।
 
जुलाई १ मा  चिनिया कम्यनिष्ट पार्टीको १०२ औं स्थापना दिवसको पूर्व सन्ध्यामा सो जानकारी दिइएको हो ।  तथ्याङ्क अनुसार सन् २०२१ देखि यो संख्या लगभग १.३३ मिलियन अथवा १.४ प्रतिशतले बढेको  पाइएको छ ।