Trending :
 

आइतबार कतिमा भैरहेको छ सुनचाँदीको कारोबार

आषाढ १७,२०८०

-आस्था न्युज

असार १७, २०८० काठमाडौं ।
आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।आज सुनको मूल्यमा प्रतितोला ५०० रुपैया र चाँदी तोलाको १० रुपैयाले बढेको छ । शुक्रबार प्रति तोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ।
 
चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भई रहेको थियो।