गठबन्धन सत्ता जोगाउन मात्रै बनेकाले त्यसले देशलाई नै भार हुने रवि लामिछानेको भनाई
-आस्था न्यूज
असार १७, २०८० काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गठबन्धन सत्ता जोगाउन बनाएको दाबी गरेका छन्। आइतबार गोकर्णेश्वरको नगरभेलालाई सम्बोधन गर्दै उनले जनताका लागि नभई सत्ता जोगाउनका लागि गठबन्धन बनिरहेको बताएका हुन्।
लामिछानेले अहिले ठूला दलहरुले सत्ता जोगाउनका लागि गठबन्धन बनाइरहेको बताएका हुन् । जनता जोगाउने गठबन्धन होइन, सत्ता जोगाउने गठबन्धन हो त्यो। जनता आजपनि अस्पतालमा डाक्टरको पालो नपाएर, महिनौं अपोइन्टमेन्ट नपाएर बसेका छन्, विदेशमा अलपत्र परेर बसिरहेका छन्, उनीहरुका लागि गठबन्धन गर्नुपर्दैन रु अहिले त गठबन्धनभित्र पनि अर्को गठबन्धन बनेको छ। त्यो पनि सत्ता जोगाउन।’
सत्ता गठबन्धनमा आबद्ध संसदभित्रका माओवादी केन्द्र, जसपा र नेकपा एसले विप्लव नेतृत्वको नेकपालाई समेटेर समाजवादी मोर्चा नेपाल बनाएको छ। लामिछानेले यहि समाजवादी मोर्चालाई लक्षित गर्दै यस्तो बताएका हुन्।
नेपाली जनताले गठबन्धनबाट वाक्क भएर नेपाली जनताले घण्टी बजाएको स्मरण गराए। उनले छोटो समयमा नै रास्वपाले २१ सिट जितेको उल्लेख गरे। उनले पार्टीले भातृ संगठन नबनाउने उद्घोष गरे। भातृ संगठन भनेको पार्टीलाई मात्र नभई देशलाई नै भार हुने उनको भनाई छ।