Trending :
 

संसद आमनागरिकका बारेमा गम्भीर हुन नसकेको कांग्रेस सांसद पौडेलको भनाई

आषाढ १७,२०८०

-आस्था न्यूज

असार १७, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले संसद आमनागरिकका बारेमा गम्भीर नभएको बताए। आइतबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई  संशोधन गर्न बनेको विधेयक २०८० को सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद पौडेलले विधेयक बनाउने, कानुन बनाउने बारेमा जुन ढंगले सक्रियाता देखाउनुपर्ने त्यसो गर्न नसकेको बताए।
 
उनले सरकारले मुलुकलाई आवश्यक कानुन बनाउन समेत नसकेको आरोप लगाए। उनले वित्तीय कानुन जति आवश्यक रहेको र त्यसलाई निर्माण गर्न नसकेको बताए । यसलाई सरकार र सदनले गम्भीररुपमा ध्यान दिनुपर्ने उनले बताए ।
 
एउटा अधिवेशनमा कतिवटा विधेयक सरकारले अनिवार्यरुपमा पेश गर्नुपर्ने हो यसबारे अनिवार्य संख्या तोक्नुपर्ने उनको भनाइ छ। एउटै विधेयक पेश नगरीकन संसदको अधिवेशन अन्त्य हुने कुरा स्वाभाविक हुदैन। समस्या धेरै छन्। धेरै समस्या हुँदा हुँदै केही नभएको जस्तो गरी सामान्य ढंगले चल्ने कुरा स्वीकार्य हुँदैनन्। त्यसैले पास गर्नुपर्ने विधेयकको संख्या तोक्औं।
 
उनले हरेक विधेयकमा दफावार छलफल आवश्यक रहेको बताए। संसदीय नियमावली संशोधन गर्नुपर्ने उनको भनाइ छ। सांसद पौडेलले भने, सबै विधेयकमा छलफल आवश्यक छ। छलफल गर्ने तर छलफलमा उठेका विषयहरू संशोधन गर्न नपाइने। संसारमा कुनै पनि कुरा पूर्ण हुँदैनन् । यस्तो परम्मरा तौडौं । नियमावलीमा भएको जुन परम्परा छ यसलाई बदलौं।
 
पौडेलले मुलुकमा लोकतन्त्र ,गणतन्त्र आएपनि मिटरब्याजीलाई नआएको बताए।