अन्तराष्ट्रिय प्रसङ्ग
चैत्र २१,२०७३
-
२१,२०७३चैत्र,अन्कारा-
टर्कीमा एक लाखभन्दा बढी प्रदर्शनकारीहरु पक्राउ परेका छन् ।
टर्कीमा भएको प्रदर्शनमा एक लाख १३ हजार २६० जना पक्राउ परेको टर्कीका गृहमन्त्री सुलेमन सोयलुले जानकारी दिए ।
सन् २०१६ को जुलाईदेखि अहिलेसम्म भएको गलेन आन्दोलनका क्रममा उनीहरु पक्राउ परेको उनले जानकारी दिए ।
पक्राउ पर्नेहरुमध्ये १० हजार ७३२ जना प्रहरी अधिकृत, सात हजार ६४३ जना सैनिक सिपाही, १६८ जना सैनिक जर्नेल, दुई हजार ५७५ जना न्यायधीश तथा न्यायधिक्ताहरु, २६ हजार १७७ जना आम नागरिक र २०८ जना स्थानीय प्रशासक रहेको पनि उनले एक स्थानीय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा बताए ।
गृहमन्त्री सोयलुका अनुसार पक्राउ परेका २३ हजार ८६१ जनालाई हिरासतमुक्त गरिएको छ भने ८६३ जना अझै पनि फरार रहेका छन् । रासस/सिन्हवा
प्रमुख समाचार
सम्वन्धित समाचार