Trending :
 

यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर

आषाढ २०,२०८०

-आस्था न्यूज

असार २०, २०८० काठमाडौं । 
नेपाल राष्ट्र बैंकले आज असार २० गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९४ पैसा र बिक्री दर १३१ रुपैयाँ ५४ पैसा पुगेको छ।
 
युरो एकको खरिद दर १४२ रुपैयाँ ६९ पैसा र बिक्री दर १४३ रुपैयाँ ३४ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४१ पैसा र बिक्री दर १६७ रुपैयाँ १७ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९३ पैसा र बिक्री दर ३६ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।