Trending :
 

कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन आगामी भादौमा हुने

आषाढ २०,२०८०

-आस्था न्यूज

असार २०, २०८० काठमाडौं ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आफ्नो प्रदेश सम्मेलन आगामी भाद्र महिनामा गर्ने भएको छ  । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको भालु भाङमा बसेको बैठकले  भाद्र महिना मसान्तभित्र  सम्मेलन  गर्ने  निर्णय गरेको हो ।
 
सम्मेलनमा प्रदेश समितिका पदाधिकारी, सदस्य, प्रदेश क्षेत्रीय सभाका सभापति एवं सम्मेलन प्रतिनिधिहरूको सहभागिता हुने छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेश सराकारलाई थप सशक्त र जनमुखी बनाउनको लागि जनभावना अनुरूप कार्यक्रम निर्माण र परिचालन गर्नको लागि सरकार र पार्टीबीच समन्वयका साथ अगाडी बढ्ने निर्णय  गरेको बताए ।