Trending :
 

बुधबार कतिमा भैरहेको छ सुन चाँदीको कारोबार

आषाढ २०,२०८०

-आस्था न्यूज

असार २०, २०८० काठमाडौं ।
सुन चाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको हो ।
 
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ तोकिएको छ ।
 
सुन हिजो तोलामा एक लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
 
यस्तै, चाँदी आज तोलामा ५ रुपैयाँले बढेर एक हजार तीन सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।