Trending :
 

फेसबुकको मातृ कम्पनी मेटाले ट्वीटरको प्रतिस्पर्धी एप सार्वजनिक गर्दै

आषाढ २०,२०८०

-आस्था न्यूज

असार २०, २०८० काठमाडौं ।
फेसबुकको मातृ कम्पनी मेटाले बिहिबार ट्वीटरको प्रतिस्पर्धी एप सार्वजनिक गर्दैछ । थ्रेड्स नामक उक्त एप इन्स्टाग्रामसँग आबद्ध भएको हुनेछ र एप स्टोरमा डाउनलोडका लागि प्रि(अर्डरका लागि उपलब्ध भइसकेको छ ।
 
मेटाले थ्रेड्स एप एउटा टेक्स्टमा आधारित संवाद एप भएको जनाएको छ । स्क्रिनग्रयाब्सले सार्वजनिक गरेको स्क्रिनसटमा थ्रेड्सको ड्यासबोर्ड पनि ट्वीटरको जस्तै देखिएको छ ।
 
ट्वीटरको प्रतिस्पर्धीको रुपमा थ्रेड्स एप ल्याउने मेटाको कदमलाई पछिल्लो समय मार्क जुकरबर्ग र एलन मस्कबीचको प्रतिद्धन्दिताको पछिल्लो कडीको रुपमा लिइएको छ ।