Trending :
 

अभिनेता आकाश श्रेष्ठ भन्छन्-अब म सिंगल छैन

आषाढ २०,२०८०

-आस्था न्यूज

असार २०, २०८० काठमाडौं ।
अष्ट्रेलिया घुमघाममा एक नेपाली शैक्षिक परामर्शदाता संस्थाले आयोजना गरेको विद्यार्थीसँगको अन्तरक्रियामा भाग लिन पुगेका अभिनेता आकाश श्रेष्ठले एक रमाइलो प्रश्नको सामना गर्नुपरेको प्रसंग यतिवेला भाइरल बनेको छ ।
 
हार्वर इन्टरनेसनल कलेजको उक्त कार्यक्रममा आकाशलाई एक विद्यार्थीले  ‘आर यु सिंगल,’ भनेर प्रश्न सोधिन् । ती विद्यार्थीको यस्तो रोचक प्रश्नमा आकाश केहीबेर अक्मकिए ।
 
उनले उल्टै सोधे, ‘के तपाईं पनि सिंगल हुनुहुन्छ ? उमेर कति भयो ?’ ती विद्यार्थीले पनि आफू सिंगल रहेको र उमेर २५ वर्ष भएको बताएकी छन् । त्यसपछि आकाशले आफू भने सिंगल नरहेको जवाफ दिए । ‘आई एम नट सिंगल एनिमोर,’ उनले भने, ‘म मेरो व्यक्तिसँग प्रतिबद्ध छु । लोयल भएर भनिरहेको छु । म सिंगल छैन ।’
 
पहिलोपटक आकाशले आफ्नो रिलेसनसिप स्टाटसबारे कार्यक्रममा यसरी बोलेका हुन् । नेपालमा रहँदा उनी निजी जीवनबारेका प्रश्नबाट पन्छिने गर्थे । तर अष्ट्रेलिया पुगेर उनले रिलेसनसिप स्टाटसबारे खुलाएका हुन् । तर कोसँग रिलेसनसिपमा छु भनेर उनले खुलाएका छैनन् । उनको नाम अभिनेत्री तथा मोडल करुणा श्रेष्ठसँग जोडिएको छ । करुणा र आकाश दुवैले सार्वजनिक रुपमा नखुलाए पनि प्रेममा रहेको संकेत चाहिं गरेका छन् ।