Trending :
 

एक वर्षपछि कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने तयारी

आषाढ २०,२०८०

-आस्था न्यूज

असार २०, २०८० काठमाडौं ।
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही असार २७ गते आह्वान गरेको छ।
 
पार्टीका पदाधिकारीको आजको छलफलपछि असार २७ गते दिउँसो १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।
 
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी सङ्गठनका विविध विषयमा छलफल हुने उनले बताए ।  कांग्रेस केन्द्रीय समिति बैठक झन्डै एक वर्षपछि बस्न लागेको हो ।