Trending :
 

कांग्रेस जिल्ला सभापतिहरूको बैठक बस्दै

आषाढ २१,२०८०

-आस्था न्यूज

असार २१, २०८० काठमाडौं । 
नेपाली कांग्रेसले आज जिल्ला सभापतिहरूको बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरूको बैठक बस्न लागेको हो । 
 
क्रियाशील सदस्यता र सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरण, पार्टीका विभिन्न तहका सम्मेलन, पार्टी संचालन तथा व्यवस्थापनलगायत अन्य विविध सांगठनिक विषय बैठकको एजेन्डा रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।