Trending :
 

अध्यादेश निस्कृय भएपनि मिटर ब्याज पिडितलाई न्याय दिने काम रोकिदैनः गृहमन्त्री श्रेष्ठ

आषाढ २१,२०८०

-आस्था न्यूज

असार २१, २०८० काठमाडौं । 
उपप्रधानमन्त्री एबं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटर ब्याजीहरु विरुद्धको अध्यादेश निस्कृय भए पनि पिडितलाई न्याय दिने काम नरोकीने बताउनुभएको छ ।
 
प्रेस सेन्टर नेपाल चितवन शाखाले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारले गठन गरेको आयोग र जिल्लाहरुमा रहेको सहजिकरण समितिले आफ्नो कामलाई अघि वढाउने बताउनुभयोे ।
 
अध्यादेश निस्कृय हुने र बिध्ययक पारित नहुने स्थिति आउन नहुने भन्दै पिडितलाई जुन सुकै अबस्थामा समेत न्याय दिईने उहाँको भनाई छ ।  
 
भ्रष्टाचार नियन्त्रण्का लागि सरकारले काम अघि वढाई रहेको भन्दै उहाँले प्रहरीले अपराध अनुसन्धान र भ्रष्टाचार नियन्त्रमा स्वतन्त्र ढङ्गले काम गरिरहेको बताउनुभयो । अनुसन्धान र प्रमाणले भेटे जति सबैलाई कानुनी दायरामा ल्याइने उहाँको भनाइ छ ।