Trending :
 

सरकारबाटै लोकतन्त्रको चीरहरण भएको एमाले महासचिव पोखरेलको आरोप

आषाढ २२,२०८०

-आस्था न्यूज

असार २२, २०८० काठमाडौं ।
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारबाटै लोकतन्त्रको चीरहरण भएको आरोप लगाएका छन् । 
 
निष्क्रिय बनेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदमदेखि कोशी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग हुनुले राष्ट्र र लोकतन्त्रको चीरहरण भएको उनको भनाइ छ । 
 
सामाजिक सञ्जालमा उनले लेखेका छन्- प्रधानमन्त्री भारत भ्रमणमा उड्ने बेलामा मन्त्रिपरिषद्को निर्णयका आधारमा निष्क्रिय बनेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम, आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति र कोशी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र र लोकतन्त्रको चीरहरण गर्ने घटनाहरू हुन् ।