Trending :
 

प्रचण्ड नेतृत्वको सरकार विकास र सुशासनमा चुकिरहेको गगन थापाको आरोप

आषाढ २२,२०८०

-आस्था न्यूज

असार २२, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको काम कारबाहीमा आफू सन्तुष्ट नरहेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले विकास र सुशासनमा चुकिरहेको बताए।
 
उनले ठूल्ठूला काण्डहरूप्रति समर्थन रहे पनि जनतामाझ सरकारले कामको डेलिभरी दिन नसकेको आरोप लगाए। सत्ता पक्षकै धेरै सांसदहरूमा आक्रोश छ। डेलिभरीको सबालमा जसरी सरकारले काम गर्नपर्थ्यो। जटिल अर्थतन्त्रका बेला नागरिकले अनुभूति हुने काम भइरहेका छैनन्। नागरिकले अनुभूत गर्न नपाए त्यो छटपटी हामीलाई पनि हुन्छ, उनले भने। 
 
उनले प्रधानमन्त्री दाहालले ुकम्फर्ट मेजोरिटीुको धाक लगाउन नहुने बताए। बालुवाटारमा हुने सत्ता गठबन्धनको बैठकमा सबै ठीकठाक भनेर नटार्न पनि आग्रह गरे।